२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ वटा संसदीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रश्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रश्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगती सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा वागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरुमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।

त्यस्तै ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदा उपर छलफल सम्बन्धमा छलफल हुनेछ ।