२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही क्षेत्र नं. ३ मा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने !



अ+ अ-

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

आगामी मंसिरमा यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउने तयारी निर्वाचन आयोगको छ ।

पछिल्लो संसदीय निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित बनेका थिए । तर, २०८१ चैत १९ गते उनको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । रिक्त उक्त स्थानमा एमालेले भट्टराई उम्मेदवार बनाउने तयारी गरेको हो ।

भट्टराई पार्टीको केन्द्रीय विपद् व्यवस्थापन विभाग प्रमुख हुन् । राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका उनी पार्टीको पोलिटब्यूरो सदस्य हुन् । भट्टराईसहित त्यहाँ दधिराम न्यौपाने, भरत पोखरेल, हरि अधिकारीलगायतका नेताहरू आकांक्षी छन् । तर पार्टीले उनलाई नै उम्मेदवार बनाउने तयारी गरेको हो ।

गत निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले रुपन्देही क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । तर त्यही क्षेत्रमा बासुदेव घिमिरेको पनि उम्मेदवारी परेको थियो। एउटै पार्टीका दुई जनाको उम्मेदवारी परेपछि घिमिरेको उम्मेदवारी स्वीकृत भएको थियो ।

राष्ट्रिय सभाबाट राजीनामा दिएर पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाएपछि भट्टराई संसदीय गतिविधिमा ओझेलमा परेका थिए ।