१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’



अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सोहीअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का आङ्गिक शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्को २०८औँ परिषद् बैठकमा उहाँले प्रयोगात्मक अभ्यासका लागि सङ्घ र प्रदेश मातहत रहेका सरकारी अस्पतालसँग सहकार्य गर्ने नीतिगत निर्णय गर्न मन्त्रिपरिषद् बैठकमा साझा प्रस्ताव तयार गरी पेस गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका प्रयोगात्मक अभ्यासमा केही जटिलता रहेका बताउँदै सङ्घको मातहतमा कम अस्पताल रहेकाले प्रदेश मातहतका अस्पतालसँग समन्वय गर्नुपर्ने राय व्यक्त गर्नुभयो । उहाँले नर्सिङको प्रयोगात्मक अभ्सासका लागि प्रमाणपत्र तह र स्नातक तहलाई एउटै अस्पतालमा अनुमति प्रदान गर्ने व्यवस्था गर्नसकेमा समस्या समाधान हुने भन्दै त्यसका लागि नीतिगत निर्णय आवश्यक पर्नेमा जोड दिनुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका स्वास्थ्य मन्त्रालयका सचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का सदस्यसचिव तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नर्सिङ जनशक्तिको अभाव बाहिर बजारमा आएजस्तो भयावह नरहेको, एउटा अस्पतालमा धेरै शैक्षिक संस्थाहरूले प्रयोगात्मक अभ्यासका लागि सम्झौता गर्ने गरेकाले समस्या देखिएको र नर्सिङ पढ्नका लागि प्रयोगात्मक अभ्यासका गर्न विशिष्टिकृत नभई जनरल अस्पताल आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

आजको परिषद् बैठकका शिक्षण संस्थाहरूको नाम परिवर्तन, स्वामित्व परिवर्तन (नामसारी) तथा ठाउँसारी, स्थगित कार्यक्रम पुनःसञ्चालन एवं संस्था समायोजना गर्ने, अधिकार प्रत्यायोजन, सम्बन्धन÷स्वीकृति प्रक्रिया पूरा गरेका र अदालतबाट निर्णय भई आएका शैक्षिक संस्था, सभाको तयारी तथा मिति तोक्ने विषय, गैरनाफामूलक साझेदारी संस्था र प्रतिष्ठान, आङ्गिक शिक्षालयमा कार्यक्रम थप गर्नेलगायत विषयमा छलफल भएको थियो ।

बैठकमाथि उल्लेखित विषयवस्तुहरुमा गहन छलफल गरी उपस्थित परिषद्का सदस्य तथा पदाधिकारीहरूले आफ्नो धारणा व्यक्त गर्नुभयो ।