५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक विषयवस्तुमा छलफल भएको हो । दुवै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुभएको उक्त बैठकमा वामपन्थी शक्तिबीच ध्रुवीकरण, बजेट समीक्षा, राजनीतिक घटनाक्रम, संसदीय गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङका साथै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाल सहभागी हुनुहुन्थ्यो ।

पछिल्लो समय कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय राजनीतिक अवस्था, अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव, भिजिट भिसा प्रकरण, सरकारको कार्यशैलीबारे छलफल गरिएको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना, सैद्धान्तिक आधार, प्रक्रियागत विषयमा समीक्षा गरिएको छ । श्रस