१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन



अ+ अ-

कर्णाली। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको १७औँ नगरसभामा आज उपप्रमुख नीलकण्ठ खनाले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा पुँजीगततर्फ रु दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३ दशमलव ६३ प्रतिशत) र चालुतर्फ रु एक अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६ दशमलव ३७ प्रतिशत) रहेको छ । उपप्रमुख खनालका अनुसार आगामी वर्षको बजेटमा कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३२ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोत सङ्घीय वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु २४ करोड २४ लाख, नगरपालिकाले सङ्घीय सरकारबाट प्राप्त गर्ने रु अर्ब २० करोड आठ लाख, ससर्त अनुदान तथा सङ्घीय राजस्व बाँडफाँटबाट प्राप्त रु २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु तीन करोड ३४ लाख ५३ हजार रहेको जनाइएको छ ।

त्यसैगरी खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम (म्याचिङ फन्ड भेरी पम्पिङ आयोजना) सञ्चालन, व्यवस्थापन एवं सहकार्यका निम्ति रु ११ करोड ६० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु १९ करोड २८ लाख र नगरस्तरीय क्षेत्रगत कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन भएको उपप्रमुख खनालले बताउनुभयो ।

प्रदेश सशर्त अनुदानबाट प्राप्त हुने रु ३७ करोड ६१ लाख ३६ हजार, घरजग्गा, रजिस्ट्रेशन तथा मनोरञ्जन करबाट प्राप्त रु १५ करोड, दहत्तर बहत्तर शुल्कबाट प्राप्त रु दुई करोड ५० लाख र आन्तरिक आयबाट रु ५१ करोड ६३ लाख ५० हजार आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन हुने अनुमान नगरपालिकाले गरेको छ ।

नगरपालिकाले चालु आव २०८१÷८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात रु ४१ करोड २७ लाख ८३ हजार तथा सामाजिक सुरक्षा अनुदानबाट प्राप्त रु ४० करोडलाई आगामी वर्षको खर्च धान्ने स्रोतका रुपमा राखेको छ । नगपालिकाले आगामी आवमा उपमहानगरपालिकाका लागि पहल गर्ने जनाएको छ ।

आवको बजेट कार्यान्वयन गर्न विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नगर क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, सामाजिक न्याय, खेलकुद तथा क्षमता विकास, आधारभूत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच बढ्ने र सहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास लिइएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । रासस