९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिकाे आह्वानमा शीतल निवासमा शीर्ष नेताहरूकाे बैठक शुरू



अ+ अ-

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार समसामयिक विषयमा छलफल गर्न डाक्नुभएकाे राजनीतिक दलका शीर्ष नेताकाे बैठक राष्ट्रपति निवास शीतल निवासमा शुरू भएकाे छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा उपराष्ट्रपति नन्द किशाेर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू उपस्थित हुनु भएकाे छ ।  

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीन चार महिना नै भेट भएको थिएन ’’, उहाँले भन्नुभयो,  ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’