३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार



अ+ अ-

काठमाडौँ । स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ ।

विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम बनाएर नेपाल सरकारबाटै उक्त काम गराउने उद्देश्यअनुसार हस्तान्तरण गर्न लागिएको हो ।

आजबाट स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरुको दृश्यहरु समेत प्रदर्शनमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो । उहाँले नेपालको पूर्वाधार विकास क्षेज्ञमा स्वीस सरकारले धेरै सहयोग गर्दै आएको बताउनु भयो । स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बताउनु भयो । दुई दिने सम्मेलनबाट सहयोग नेपाल सरकारलाई नै निर्माणको लागि सक्षम बनाइ समापन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको पूर्वाधार विकासको क्षेत्रमा स्विस सरकारले निकै सहयोग गर्दै आइरहेको छ । यो स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने टेक्निकल र आर्थिक सहयोग गर्दै आउनुभएको छ । पुल र सडकहरुको पूर्वाधारमा गर्दै आउनुभएको सहयोगको समापन गर्दै हुनुहुन्छ । नेपाल सरकारले अब आफैँ स्थानीय स्तरका सडक र पुल बनाउनसक्ने सक्षम बनाएर हस्तान्तरण गर्दैछ । दुई दिनसम्म यो एसडिसीको योजनाको फेज आउट हुन गइरहेको छ । दुई दिनमा यो सम्मेलन सकिन्छ ।’

बुधवारबाट एसडिसीको योजनाको फेज आउट हुने जानकारी दिनुभयो ।