९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र भन्नुहुन्छ: नागरिक असन्तुष्टि बढ्यो, पुरानो रिति, संस्कृति र पद्धतितिर फर्कनू जरुरी छ



अ+ अ-

काठमाडाैंः पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहेका छन्र भन्दै प्रश्न उठाउनु भएको छ ।

बुधबार एक वक्तव्य मार्फत सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्ता यावत विषयलाई लिएर होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहेको छ भन्दै त्यसतर्फ विचार गर्न पनि आग्रह गर्नुभएको छ ।

‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्दै पूर्वराजा शाहले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहेका छन् भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

सन्देशमा पूर्वराजा शाहले बदलिंदो विश्व व्यवस्थालाई बूझेर आफ्नो प्रकृति, रिति, संस्कृति र पद्धतितिर फर्कनू जरुरी भएको भन्दै धुमाउरो पारामा राजसंस्थाको ओचित्य रहेको जनाउनु भएको छ । यसबाट नै नेपालीको स्वाभिमान र स्वावलम्वनको परिपाठी फेरि कायम हुने भन्दै केही दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शीर फेरि ठाडो पार्न सकिने जनाउनु भएको छ ।

उहाँले रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित बिरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहेका छन् भन्दै ध्यानकर्षण गराउनु भएको छ । पूर्वराजा शाहले सीमा विवाद भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्या हिंसा र आत्महत्याजस्ता विषयलाई उठाउँदै त्यसको समाधान र कारण खोज्नुपर्ने पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने भन्दै वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

पूर्वराजाले विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको उल्लेख गर्दै फर्कने सबैको श्रम, सिप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको पनि उल्लेख गरेका छन्। सन्देशमा नेपाल बहूजातीय, बहूभाषिक र बहूबिध भौगोलिक विशेषता रहेको मूलूक भएको उल्लेख गर्दे परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता रहेको जनाउनु भएको छ ।

उहाँले अहिले देशमा पनपनाउँदै गएको जातीयता, बर्गियता र क्षेत्रीयताका संकीर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो नगर्ने सन्देश दिनु भएको छ । उहाँले विश्वव्यापी कोरना महामारीबाट आक्रान्त बनेको अवस्था र यो अकल्पनीय व्याधीबाट जीवन गूमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदना ब्यक्त गर्दै संक्रमित सबैको स्वास्थ्थ लाभको कामना समेत गर्नुभएको छ ।

संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गर्न आग्रह गर्दै उहाँले यो अवधिमा बढदै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेथितिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेको यो अवस्थालाई अवसरका रुपमा लिनु पर्ने भन्दै फर्कने सबैको श्रम, सीप र सामर्थको सदूपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराउनु भएको छ । उहाले राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमाउने घोषणाका साथ बुधबार वक्तव्य जारी गर्नुभएको हो ।