९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरूबीच अभूतपूर्व एकता देखियाे भन्दै राष्ट्रपतिद्वारा खुशी व्यक्त



अ+ अ-

काठमाडाैंः राष्ट्रियताका विषयमा दलहरुले अभूतपूर्व एकता देखाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई धन्यवाद  दिनु भएको छ । बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई  शीतल निवासमा डाकेर राष्ट्रपति भण्डारीले धन्यवाद दिनु भएको हो ।  

सीमा अतिक्रमणको कुरा आयो। सरकारले नयाँ नक्सा जारी गर्‍यो । संविधानको निशान छाप बदल्न संविधान संशोधन गर्नुपर्‍यो। त्यो क्रममा तपाईंहरूले अभूतपूर्व एकता देखाउनु  त्यसका लागि धन्यबाद छ, राष्ट्रपतिले भन्नुभएकाे छ ।

अब, कोरोनाभाइरसको महामारीमा रोकथाम र नियन्त्रणका  लागि तपाईहरु मिलेर अघि बढ्नुस भन्दै आग्रह समेत गर्नुभएको भेटमा सहभागी एक नेताले न्यूजपाेलारलाइ बताए ।

करिब एक घण्टा चलेको छलफलमा अधिकांश समय  राष्ट्रपति भण्डारीले आफ्ना कुरा राख्दै राष्ट्रियताका विषयमा एक  हुन र संकटमा समयमा हातेमालो गर्न आग्रह गर्नुभएको थियो ।

बैठकमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकाेटा, पूर्व प्रधानमन्त्रीहरू, पार्टीका अध्यक्ष एवं वरिष्ट नेताहरू सहभागी रहनु भएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।