२९ मंसिर २०८२, सोमबार
,
Latest
कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित) निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस दिल्लीको वायु खतरनाक स्तरमा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती ईश्वर पोखरेलको प्यानलबाट को–को हुँदैछन् उम्मेदवार ? सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जिरो टु ८८४८’ डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपालको नयाँ पदमार्ग चिनाउने पहल गर्दै निर्माण गरिएको ‘जिरो टु ८८४८’ नामक डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक गरिएको छ ।

नेपालको सबैभन्दा होचो ठाउँ झापाको कचनकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्मको पदमार्ग प्रवद्र्धन गर्ने उद्देश्यले यो डकुमेन्ट्री निर्माण गरिएको हो ।

समुन्द्री सतहबाट ५८ मिटर उचाइमा रहेको कचनकवलदेखि ८८४८ मिटर उचाईको सगरमाथा चुचुरोसम्म ९० दिन लगाएर तयार पारिएको यो डकुमेन्ट्रीले नयाँ पदमार्गबारे संसारलाई जानकारी दिने बताइएको छ ।

अभियानका अगुवा प्रेम बानियाँले ‘जिरो टु ८८४८’ नाम तय गरिएको ५१० किलोमिटर लामो उक्त रुटले नयाँ पदमार्गबारे चिनाउने, विश्वब्यापी तापक्रम वृद्धिबारे सचेतना दिने र भौगोलिक पर्यटनको प्रवर्धन गर्ने बताए ।

नीराजन पाण्डे र बलराम पाण्डे निर्देशित यो डकुमेन्ट्री अगस्टमा अमेरिकी हलबाट रिलिज हुनेछ । हल रिलिजको एकसातापछि कुनै एक ओटीटी प्लाटफर्ममा रिलिज गर्ने तयारी छ । नेपालमा भने सन् २०२६ को जनवरीमा प्रदर्शन गरिने भएको छ ।

यो डकुमेन्ट्रीमा १८ पटक सगरमाथा चढेका टेन्डी शेर्पादेखि विश्व साइकलयात्री पुष्कर शाहसम्म जोडिएका छन् ।

यो डकुमेन्ट्रीमा चर्चित हलिउड फिल्ममेकर तथा पर्वतारोही कोनराड एन्कर पनि जोडिएका छन् । उनी फिल्ममा प्रशिक्षकको रोलमा छन् ।

बृतचित्रको सम्पादन, छायांकन तथा निर्देशन निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् । उमंग शाही यसको सहायक छायाकार हुन् । श्री वाग्ले कार्यकारी निर्माता हुन् । प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् ।