९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न
अ अ+ अ-

चन्द्रपुर, (रौतहट) । जिल्लाका १० वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन् ।

जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब २१ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ । सोमबार चन्द्रनिगाहपुर बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आवका लागि रु एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० बजेट प्रस्ताव गरेको हो ।

अधिवेशनमा नगर उपप्रमुख जयमाला चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नगरले विगत वर्षका अधुरा आयोजना सम्पन्न गर्नेमा जोड दिनुभयो । करिब रु छ करोडमा निर्माण भइरहेको शीतभण्डार आगामी वर्षभित्र सम्पन्न गर्नेगरी योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । नगरलाई पूर्ण बालश्रममुक्त अभियान र बालविवाहमुक्त वडा घोषणा कार्यक्रमलाई प्रोत्साहन गरिने छ ।

नगरसभा बैठकमा मधेस प्रदेशका सांसद युवराज भट्टराईले विकासका काममा सबै जनप्रतिनिधि एकजुट भएर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । नगर क्षेत्रको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न आफू तयार रहेको बताउनुभयो ।

नगरप्रमुख सञ्जयकुमार काफ्लेले आगामी आवमा जनताका माग सम्बोधन हुनेगरी बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । विकास, निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिने उहाँको भनाइ छ ।

नगरपालिकाले चालु आवमा रु एक अर्ब ४७ करोड ३६ लाख १८ हजार ८२३ विनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा आगामी आवमा रु २५ करोड ७७ लाख कम विनियोजित भएको छ ।

जिल्लाका १८ स्थानीय तहमध्ये हालसम्म १० वटाले नगरसभा सम्पन्न गरेका छन् भने वृन्दावन, गुजरा, मौलापुर, देवाही गोनाही, फतुवा विजयपुर र परोहा नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।

गत शनिबार गढीमाई नगरपालिकाले रु ५४ करोड ९१ लाख ७२ हजार १०८ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले कूल बजेटमध्ये पुँजीगततर्फ रु १९ करोड १५ लाख ४९ हजार र चालूतर्फ रु ३५ करोड ७६ लाख २३ हजार १०८ विनियोजन गरिएको जानकारी दिनुभयो ।

शनिबार इशनाथ नगरपालिकाले ११औँ नगरसभाको खुलासत्र सम्पन्न गरेको थियो । आव २०८२/८३ का लागि नगर उपप्रमुख प्रवेज आलमले रु ४९ करोड ६५ लाख ५२ हजार ४९७ को बजेट प्रस्तुत गर्नुभएको हो ।

राजपुर नगरपालिकाले रु ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरप्रमुख डा मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

कटहरिया नगरपालिकाले आव २०८२र८३ का लागि रु ५४ करोड २५ लाख ५२ हजार ४७५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा नगरप्रमुख अजयप्रकाश जैयसवालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरभित्रका नागरिकको विभिन्न सङ्क्रमण तथा सबै प्रकारका रोग र विपद्बाट जीवनरक्षा गर्दै सहज र सुरक्षित जीवनयापन गर्ने वातावरण बनाइने बताउनुभयो । रासस