५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन भएपछि रास्वपाले संसद्को अवरोध के गर्ला ?



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागी नेतृत्वमा समिति गठन गरेपछि रास्वपाले संसद्मा गर्दै आएको अवरोधबारे के गर्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वैरागीको नेतृत्वमा विभिन्न मन्त्रालयका सहसचिव रहेको छानबिन समिति गठन गरेको थियो ।

सरकारले समितिले गठन गरेपछि रास्वपाले आज १० बजे संसदीय दलको बैठक बोलाएको छ । यो बैठकले संसद्मा गर्दै आएको अवरोध हटाउने या नहटाउने भन्ने निर्णय गर्ने छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले गठन गरेको समितिले आफूहरुले उठाउँदै आएका माग सम्बोधन नगरेको बताउनुभएको छ । ‘हामीले पाँच बुँदे प्रस्ताव बुझाएका थियौं, पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ भन्ने हाम्रो माग हो’ उहाँले भन्नुभयो, ‘अहिले सरकारले पूर्वमुख्यसचिवको नेतृत्वमा समिति गठन गरेको भन्ने कुरा आएको छ, यसले हाम्रो मागमा सरकार गम्भीर भएको देखिएन ।’

संसद्मा रास्वपाले गर्दै आएको अवरोधबारे के गर्ने भन्ने जिज्ञासामा भने उहाँले यसबारे १० बजे बैठक बसेर निर्णय गरिने जानकारी दिनुभयो ।