२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन भएपछि रास्वपाले संसद्को अवरोध के गर्ला ?



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागी नेतृत्वमा समिति गठन गरेपछि रास्वपाले संसद्मा गर्दै आएको अवरोधबारे के गर्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वैरागीको नेतृत्वमा विभिन्न मन्त्रालयका सहसचिव रहेको छानबिन समिति गठन गरेको थियो ।

सरकारले समितिले गठन गरेपछि रास्वपाले आज १० बजे संसदीय दलको बैठक बोलाएको छ । यो बैठकले संसद्मा गर्दै आएको अवरोध हटाउने या नहटाउने भन्ने निर्णय गर्ने छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले गठन गरेको समितिले आफूहरुले उठाउँदै आएका माग सम्बोधन नगरेको बताउनुभएको छ । ‘हामीले पाँच बुँदे प्रस्ताव बुझाएका थियौं, पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ भन्ने हाम्रो माग हो’ उहाँले भन्नुभयो, ‘अहिले सरकारले पूर्वमुख्यसचिवको नेतृत्वमा समिति गठन गरेको भन्ने कुरा आएको छ, यसले हाम्रो मागमा सरकार गम्भीर भएको देखिएन ।’

संसद्मा रास्वपाले गर्दै आएको अवरोधबारे के गर्ने भन्ने जिज्ञासामा भने उहाँले यसबारे १० बजे बैठक बसेर निर्णय गरिने जानकारी दिनुभयो ।