१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिम 



अ+ अ-

दशरथचन्द, (बैतडी) । बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसिसी तालिम सुरु गरिएको हो ।

सोमबारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसिसी तालिममा छनोट गरिएको छ ।

“एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रालाई छनोट गरिएको छ”, उहाँले भन्नुभयो, “छनोट भएका विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ ।” यसका साथै सैन्य, मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ ।

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमा सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुने सेनानी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायत विषयमा जानकारी गराइने छ ।

यो तालिमपश्चात विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक पुष्पराज जोशीले बताउनुभयो । रासस