२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन



अ+ अ-

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

छानबिन समितिका सदस्यहरु सम्बन्धित मन्त्रालयका सहसचविहरू हुने बताइएको छ ।

समितिलाई ३० दिनको समय दिइएको छ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षी रास्वपाले संसद्मा अवरोध गर्दै आएको छ ।

यसअघि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच छानबिन समिति गठन गर्ने सहमति भएको थियो ।