३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी



अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन गरिएको बजेटको सफल कार्यान्वयनका लागि सबैको साथ सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको विनियोजन विधेयकमाथि उठेका सवालहरुको जवाफ दिँदै मन्त्री सुडीले सबैको सहयकार्यमा मात्रै बजेटको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने बताउनुभएको हो ।

“महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, यौनिक लैङ्गिक अल्पसङ्ख्यक तथा अन्तरराष्ट्रियस्तरमा गरिएका प्रतिबद्धताको कार्यान्वयन मात्र यस मन्त्रालयको कार्यक्षेत्रमा पर्दछ”, उहाँले भन्नुभयो, “सरकारको वार्षिक विकास कार्यक्रमले सोह्रौँ आवधिक योजनाले लिएका लक्ष्यहरु, वार्षिक नीति तथा कार्यक्रम मन्त्रालयको कार्यक्षेत्रलाई आधार मानेर प्राप्त सीमित स्रोतबाट सबै क्षेत्रमा विवेकपूर्ण रुपमा बजेट विनियोजन गरिएको छ, यसको सफल कार्यान्वयनमा सबैको साथ सहयोग रहने अपेक्षा छ ।”

यस मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम, सामाजिक विकास कार्यक्रम (अपाङ्गता अधिकार प्रवर्द्धन र ज्येष्ठ नागरिक संरक्षण), बाल विकास कार्यक्रम, राष्ट्रिय महिला सशक्तीकरण परियोजना, एसियाली बैंकको सहयोगमा महिला समुत्थान कार्यक्रम र विश्व बैंकको सहयोगमा लैगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना सञ्चालनमा रहेको छ ।

सांसदहरु प्रभु साह, हितराज पाण्डे, देवप्रसाद तिमल्सिना, अमनलाल मोदी, प्रेम सुवाल, अब्दुल खान, ज्ञानेन्द्रबहादुर कार्की, तारा लामा, प्रभु हजारा, मैना कार्की, विजुला कार्की, रामहरि खतिवडा, सुशीला थिङ, तिमल्सिनालगायतले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री सुडीले मन्त्रालयको बजेटले सन्तुलित बजेट तथा कार्यक्रम प्रस्ताव गरेको बताउनुभयो । रासस