२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो । उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनु भयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘योजनावद्ध ढंगले अघि बढ्नुस् । मिसन ०८४ हामी सबैको मुख्य कुरा हो । तपाईंहरुको आफ्नो संगठनको कुरा छ । युवाको हक हित, रोजगारीको कुरा भयो । यावत कुराहरु होलान् । एन्टरनिपनरसिपका कुराहरु होलान् । थुप्रै कुराहरु होलान् । ति सबै गर्दै गर्दा हामीले फेरि मिसन ०८४ भुल्यौँ भने सबै कुरा भुल्छौँ । मिसन ०८४ भुल्न हुँदैन । मिसन ०८४ मा केन्द्रित भएर अघि बढौँ । यही आग्रह गर्न चाहन्छु । यसका लागि युनिटको आवश्यक छ । युनिटी पार्टी र आन्दोलनभित्र चाहिन्छ । कुनै प्रकारको विकृत कुराबाट हामी कोही पनि विचलित हुँदैनौँ भन्ने हाम्रो पार्टीको मुख्य कुरा हो ।’

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो ।