२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

प्रहरीले शुक्रबार रोकालाई टोखाबाट पक्राउ गरेको थियो । रोका सुन तस्करी प्रकरणमा पक्राउ परी थुनामा रहेका  बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

२ साउन २०८० माराजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकोपछि रोका फरार थिइन् ।