२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

संसदमा नयाँ आएका सांसदलाई प्रशिक्षण पुगेको छैनः काँग्रेस सांसद श्रेष्ठ

संसदमा नयाँ आएका सांसदलाई प्रशिक्षण पुगेको छैनः काँग्रेस सांसद श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले प्रतिनिधिसभामा आएका नयाँ सांसदहरुलाई प्रशिक्षण नपुगेका र संसदीय अभ्यासमा कसरी चल्ने भन्ने जानकारी नभएको बताउनुभएको छ ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदीय अभ्यासबारे जानकारी नहुँदा आज प्रतिनिधि सभामा कहीँ नभएको जात्रा हाँडिगाउँमा जस्तै अवस्था भइरहेको बताउनुभएको हो ।

उहाँले मुलुकमा सार्वजनिक स्थललगायत संसदमा पनि निराशाको कुराभन्दा अरु सुनिन छाडेको अवस्थामा दैलेखमा पत्ता लागेको मिथेन ग्यासले थोरै उत्साह जगाएको बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले घरघरमा पाइपलाइन पठाएर स्वीच अन गर्नेबित्तिकै घरमा ग्यास आउँछ भन्दा नपत्याइएको भएपनि अहिले नियतिले उहाँलाई जस दिने काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज प्रतिनिधिसभामा कहिँ नभएको जात्रा हाँडिगाउँमा जस्तै भइरहेको अवस्था छ । प्रतिनिधिसभा सांसदहरु जो नयाँ नयाँ आएका छन् यो अलिकति प्रशिक्षण नपुगेको हो कि, संसदीय अभ्यासमा कसरी चल्नुपर्छ संसदमा त्यो चाहिँ एकपटक सबैले मनन गरेर संसद सचिवालयले पनि त्यसतर्फ ध्यान दिनुपर्छ कि भन्ने मलाई लाग्छ । आज म अलि उत्साह र खुशीको कुरा बाँड्ने कोशिस गर्दैछु । हाम्रो मुलुक जता हे¥यो निराशा, बाटोमा हे¥यो निराशा, गाडीमा बस्यो यो भएन, उ भएन, यो सरकारले गरेन, राजनीतिक पार्टी र नेताहरुलाई गाली, होटलमा चिया खान बस्दा नकारात्मक कुरा सुनिने । हुँदा हुँदा संसदमा पनि त्यही कुरा हामी सांसद आफैं छौं सत्तापक्षकै सांसद पनि निराशाको कुरा भन्दा अरु केही गरेको सुनिँदैन । यस्तो अवस्थामा केही दिनअघि उत्साहको समाचार पढ्न पाइयो, त्यो के भने कर्णाली प्रदेशको दैलेखमा मिथेन ग्यास पत्ता लागेको छ । त्यो थोरैमात्र होइन नेपाललाई पचास वर्ष पुग्ने ग्यास भएको पत्ता लागेको छ । त्यसलाई यदि हामीले सदुपयोग गर्न सक्यौ र व्यावसायिक रुपमा बाहिर निकाल्न सक्यौं भने पचास वर्षसम्म नेपाल ग्यासमा आत्मनिर्भर हुन्छ ग्यास बाहिरबाट आयात गर्नु पर्दैन ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यूले घरघरमा पाइपलाइन पठाएर स्वीच प्याट्ट अन गर्नेवित्तिकै तपाईको घरमा ग्यास आउँछ भन्नुभएको थियो नियतिले उहाँलाई जस दिने काम भएको छ । हाम्रो आवश्यकताले खोज्दै जाँदा ठ्याक्कै उहाँलाई जस हुने, उहाँले भनेको कुरा पुग्ने अब विस्तारै त्यसलाई निकालेर ल्याउन सकेको खण्डमा त्यो उहाँको सपना पूरा हुन्छ र सबै नेपालीको घरको चुल्होमा पाइपलाइनबाटै ग्यास आउने सम्भावना देखिएको छ । अस्ति भर्खरमात्र एउटा प्रतिवेदन यहाँ पेश भयो, हामी अतिकम विकसित मुलुकबाट विकाशशील मुलुकमा स्तरोन्नति हुँदैछौं २०२६ बाट यो पनि एउटा खुशीको कुरा हो । जताततै निराशै निराशा भएको अवस्थामा अतिकम विकसितबाट विकाशसील राष्ट्रमा स्तरोन्नति हुने । त्यो हुनेवित्तिकै हामी एक स्टेप माथि प्रमोशन भयौं । हुन त यसका सकारात्मक नकारात्मक दुइटै पक्षहरु छन् कि उद्योगी व्यापारीहरु यो भैसकेपछि यहाँ पाउने सहुलियतहरु, पाउने सुविधाहरु नेपालले पाउन सक्दैन त्यसकारण यो विषयमा हामीले गम्भीर हुनुपर्छ भन्ने कुराहरुपनि उठिरहेको छ । तर, के हामी सधैं माग्ने र गरिब नै भएर बसिरहने ? यो गौरबको कुरा हो त्यसकारण यो विकासशील देशमा फड्को मार्ने कुरालाई अन्य तरिकाबाट भोलि त्यसमा पाउने सहुलियत र सुविधाहरुलाई क्षतिपूर्ति गर्ने किसिमको सरकारबाट सम्बन्धित निकायहरुबाट अगाडि बढेको खण्डमा देशको लागि गौरवको कुरा हो ।’

उहाँले सन् २०२६ बाट नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दापनि केही हदसम्म उत्साह देखिएको स्पष्ट पार्नुभयो ।