१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशतः मन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले उपत्यका बाहेक तराईका जिल्लाहरुमा दु्रत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।  सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको दु्रत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरुलाई नेपाली सेनाको लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौं बाहिरको तराईका सबै क्षेत्रको जमिनहरु लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरु समाप्त भएको छ । त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ । जलविद्युतहरुको सुरक्षा पनि नेपाली सेनाले गर्छ तर जलविद्युत निर्माण गर्ने कुरा गर्दैन ।’

भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रुपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भएपनि तत्काल कुनै कार्य अगाडि नसारिएको स्पष्ट पार्नुभयो ।