२९ असार २०८२, आईतवार
,
Latest
काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड समयमै बजेट ल्याउन नसकेकोमा माफी माग्दै सुनिताले भनिन् – हामी फेरि एक ढिक्का भएका छौं रास्वपालक्षित सांसद केसीको टिप्पणीः पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाहरुको हालत पनि उस्तै छ भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षाको व्यवस्था, उद्यमशीलता क्लव स्थापना गर्ने कामनपाको घोषणा मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य जनताले वाचा होइन, सरकारसँग जवाफदेहीता खोजेका छन्ः एमाले सांसद बराल तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग हस्ताक्षर अभियान चलाएर निर्वाचनलक्षित राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्योः एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशतः मन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले उपत्यका बाहेक तराईका जिल्लाहरुमा दु्रत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।  सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको दु्रत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरुलाई नेपाली सेनाको लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौं बाहिरको तराईका सबै क्षेत्रको जमिनहरु लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरु समाप्त भएको छ । त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ । जलविद्युतहरुको सुरक्षा पनि नेपाली सेनाले गर्छ तर जलविद्युत निर्माण गर्ने कुरा गर्दैन ।’

भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रुपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भएपनि तत्काल कुनै कार्य अगाडि नसारिएको स्पष्ट पार्नुभयो ।




भर्खरै