२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेडिंग्ले टेस्टः तेस्रो दिन भारत ९६ रनले अगाडि



अ+ अ-

एजेन्सी । तेन्दुलकर–एन्डरसन ट्रफीको पहिलो टेस्टमा भारतको अग्रता ९६ रन पुगेको छ ।

चौथो दिनको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । हेडिंग्ले स्टेडियममा तेस्रो दिन इङ्गल्याण्डको टोली ४६५ रन बनाएर अलआउट भएको थियो ।

भारतले पहिलो इनिङमा ४७१ रन बनाएको थियो, जसको आधारमा टोलीले ६ रनको अग्रता लिएको थियो ।

आइतबारको खेल सकिनुसम्म भारतले दोस्रो इनिङमा २ विकेट गुमाएपछि ९० रन बनाएको छ । टोलीबाट केएल राहुल ४७ र शुभमन गिल ६ रनमा अविजित रहे । यसअघि इङ्ल्यान्डका लागि ओली पोपले शतक बनाएका थिए । ह्यारी ब्रुक ९९ रनमा आउट भएका थिए ।

भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए भने प्रसिद्ध कृष्णाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।