काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री देउवाले सो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ ।’
यस्तै, उहाँले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत दिनुभयो । ११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन सो प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।
यसैगरी, ५ जना नेपाली नागरिक गैरकानुनी रूपमा त्यहाँको जेलमा रहेकाले यस्तो अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको बताउनुभयो ।










