२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलोमतोमा चलिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मानव तस्करी केवल कानूनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानविन समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदय के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरु फेरिन्छन्, मन्त्रीहरु फेरिन्छन् तर मानव तस्करहरु सधैं उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन यो मानवताको घोर अपमान हो । यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय । यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’

राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।