११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू–१६ः नेपालको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ । सिंगापुरमा जारी एसीसी यू–१६ इस्ट जोन कपअन्तरगत नेपालले विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलि सिंगापुरलाई हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले १६.३ ओभरमा भेट्टायो ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले अद्र्धशतक बनाए । उनले ९१ बलमा अर्धशतक पूरा गर्दै ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे ।

श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा समेटेको थियो । नेपालका कप्तान विपीन शर्माले ४ विकेट लिए ।

सिंगापुरका कप्तान रियान नाइकले अर्धशतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोडे । ओपनर आहान भुथान्दमले ३२ बलमा ३८ रन जोडे ।

नेपालका लागि सचित भट्टले दुई तथा अभय यादव र शुभम खनालले एक–एक विकेट लिए ।