९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस कम्जोर भैएको र यो आफै हराएर जाने इटालीका डाक्टरको दाबी



अ+ अ-

काठमाडौं । इटालीका बैज्ञानिकले अब कोरोना भाइरसको क्षमता कम हुँदै गएको दावी गरेका छन् । अब कोरोनाको खोप नबने पनि यसको क्षमता कम हुँदै गएर आफै हराउने दावी रोग विशेषज्ञहरुले गरेका छन् । सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले यस्तो दावी गरेका हुन् । उनले सुरुको तुलनामा अहिलेक कोरोना भाइरसको शक्ति कमजोर बन्दै गएको बताएका छन् । उनले विस्तारै यो भाइरस हराएर जाने पनि दावी गरेका छन् । अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्लेखित समाचार रहेको छ ।  समाचार माध्यमले बसेटीका भनाईलाई उल्लेख गर्दै भनेको छ, मार्च र अप्रिलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ ।

सुरुको समयका भाइरसको शक्ति बढी हुने भएकाले मानिसलाई भाइरसले धेरै च्याप्थ्यो तर अहिले रोकथाम गर्न सकिने अवस्थामा पुगेको दावी गरेका छन् । सुरुमा धेरै विरामीलाई अक्सिजन दिएर भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको भए पनि अहिले त्यो अवस्थाका विरामी निकै कम भएको उनको दावी छ । त्यसरी आउने विरामीम निमोनियाको समस्या देखिएको उनले बताएका छन् ।

बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने दावी पनि गरेका छन् । तर अन्य केही वैज्ञानिकहरुले भने कोरोना अझ केही वर्ष रहने दावी गरेका छन् । बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले अझ केही वर्ष कोरोना भाइरस पृथ्वीमा रहने बताएका हुन् । त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको निधन भइरहेको बताएको छ । डब्ल्यूएचओले कोरोनाको स्वरुप परिवर्तन भएको दावी गरेको छैन ।
स्रोतः न्युयोर्क पोस्ट