१२ श्रावण २०८३, मंगलवार
,
Latest
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘युद्ध, युद्ध नै हुन्छ’ कविता कृतिको लोकार्पण



अ+ अ-

काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अयक्ष युवराज अधिकारीको दोस्रो कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ ।

कवि तथा गीतकारसमेत रहनुभएका अध्यक्ष अधिकारीको उक्त कृतिको आज आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गर्नुभयो ।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि युवराज अधिकारीले लोकार्पित दुई कविता पनि वाचन गर्नुभएको थियो ।

वरिष्ठ कलाकार दिनेश डिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि युवराज अधिकारीका बारेमा बोल्नु हुँदै उहाँका केही कविता पनि प्रस्तुत गर्नुभएको थियो ।

रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारद्वारा लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कविता मञ्चनसमेत गरिएको थियो ।रासस