३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘युद्ध, युद्ध नै हुन्छ’ कविता कृतिको लोकार्पण



अ+ अ-

काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अयक्ष युवराज अधिकारीको दोस्रो कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ ।

कवि तथा गीतकारसमेत रहनुभएका अध्यक्ष अधिकारीको उक्त कृतिको आज आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गर्नुभयो ।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि युवराज अधिकारीले लोकार्पित दुई कविता पनि वाचन गर्नुभएको थियो ।

वरिष्ठ कलाकार दिनेश डिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि युवराज अधिकारीका बारेमा बोल्नु हुँदै उहाँका केही कविता पनि प्रस्तुत गर्नुभएको थियो ।

रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारद्वारा लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कविता मञ्चनसमेत गरिएको थियो ।रासस