९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज १२ सय नेपाली स्वदेश फर्कदै



अ+ अ-

काठमाडौं । विभिन्न विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली स्वदेश फर्कदैँ छन् । स्वदेश फर्कनेहरुमा बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपालीहरु रहेको जनाइएको छ ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई–दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको विमान मार्फत हुँदैछ । युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुने जनाइएको छ ।

नेपाल आए लगतै उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ । विदेशबाट आउने नेपालीले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टिनमा बस्न पाउनेछन् । इच्छुकले होटल क्वारेन्टिनमा पनि बस्न पाउनेछन् ।