१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन गर्नुभएको छ ।

सरकारले यस अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री शाहले पहिलोपटक अनुगमन गर्नुभएको हो । गत जेठ २६ मा नेपाल सरकारको मन्त्रीपरिषद बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो ।

प्रदेश सरकारले यस अस्पतालको आकस्मिक कक्ष तथा प्रयोगशालाका लागि रु दुई करोड बराबरको उपकरण हस्तान्तरण गरेको थियो । उपकरण प्रयोग भए नभएको र जनताले सेवा सुविधा पाए नपाएको विषयमा मुख्यमन्त्री शाहले अनुगमनका क्रममा जानकारी लिनुभयो । साथै अस्पतालको निर्माणाधीन भवनको जानकारी लिनुभयो ।

प्रदेश सरकारले लम्कीचुहा अस्पताललाई उपलब्ध गराएको बर्थिङ सेन्टरको आकस्मिक कक्षमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटरलगायतका सामग्री प्राप्त गरी सञ्चालनमा ल्याएको र केही उपकरण नयाँ भवन निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइने अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले जानकारी दिनुभयो । रासस