१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा



अ+ अ-

हुम्ला। जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ ।

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गर्नुभएको हो ।

पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका घोषणा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । पालिका क्षेत्रभित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने सामूहिक प्रतिबद्धता भएसँगै पालिकालाई बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो ।

बालश्रम तथा बालविवाहमुक्त घोषणा गर्ने अभियानअन्तर्गत खार्पुनाथ–१ मा गत जेठ १६ गते, वडा नं २ मा २२ गते, वडा नं ३ मा २३ गते, ४ मा १४ गते र वडा नं ५ मा २० गते घोषणा गरिएको गाउँपालिकाका अधिकृत दिपक शाहीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार केही दिनअघि जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षीया बालिकाबीच भएको विवाह पनि बदर गरिएको छ । जिल्लामा पहिलो पटक उमेर नपुगी गरिएको बालविवाह बदर भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय सरकार, सरोकार भएका निकाृ, स्थानीय बासिन्दालगायतको सामूहिक प्रतिबद्धता अनुसार कोहीकसैले बालविवाह गर्न/गराउन नपाउने, १८ वर्ष नपुगी कुनै पनि विकास आयोजनाका काम गर्न/गराउन नपाउने गरी पहिलो गाउँपालिकाका रूपमा खार्पुनाथलाई घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताउनुभयो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिभराज शर्मा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शङ्कर पोखरेल, स्थानीय जनप्रतिनिधिलगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

गाउँपालिकास्थित सीता माध्यामिक विद्यालय, मान्धारा माध्यामिक विद्यालयलगायत अन्य विद्यालयका छात्रछात्राद्वारा बालश्रम र बालविवाहसम्बन्धी जनचेतनामूलक देउडा गीत, नृत्यसँगै विभिन्न किसिमका झाँक्री प्रदर्शन गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो । रासस