२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा दिवंगत सुरेश रजकका परिवारलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी स्थापनाका दिनदेखि आजसम्म सहयोग र साथ दिने सबैलाई धन्यवाद दिनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘हामीलाई शुरुका दिनदेखि आजसम्म अहोरात्र स्वदेशमा तथा विदेशमा बसेर भौतिक रुपमा वैचारिक रुपमा साथ दिनुहुने सम्पूर्ण नेपालमा तथा विदेशमा बस्नुहुने तमाम नेपाली दाजुभाई दिदीबहिनीहरु र उहाँहरु समक्ष हाम्रा सूचनाहरु पु¥याउनुहुनेप्रति एकमुष्ट शुभकामना दिन चाहन्छु । केही समयअघि मृत्यु वरण गर्नुभएका सुरेश रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन पारेर तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छौं ।’

उहाँले पार्टीका सूचनाहरु जनतासम्म पु¥याउने सम्पूर्ण सञ्चार जगत र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिनुभयो ।