३ श्रावण २०८२, शनिबार
,
Latest
पूर्वराष्ट्रपति विद्याको बाटोमा पोलिटब्यूरो बैठकले लगाएको ब्रेक ! आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन ‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’ हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा



अ+ अ-

म्याग्दी । लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ ।

बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको हो । बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका होटल सञ्चालक हस्तमाया तिलिजा पुनले खोप्रा लेकमा पुगेर तीन बोरा ढकायो टिपेर ल्याउनुभएको छ । “होटलमा आउने पाहुनालाई चखाउन, बजारका आफन्तलाई कोशेली पठाउन ढकायोको गुन्द्रुक बनाउने, रातो च्याउ टिप्ने र टुसा भाँच्ने चलन छ,” उहाँले भन्नुभयो “सहरमा अत्याधिक माग भएकाले जङ्गलमा जुकाको आक्रमण सहेर खेर गइरहेको च्याउ, टुसा र ढकायो विपन्नको लागि आम्दानीको स्रोत पनि बनेको छ ।”

ताजा च्याउ प्रतिकेजी रु एक हजार १०० र ढकायोको गुन्द्रुक प्रतिकेजी रु दुई हजारमा बिक्री हुन्छ । प्रतिमुठा टुसा रु २०० का दरले बिक्री हुन्छ । गुर्जा, कुइने, मङ्गले, घ्यासीखर्क, नारच्याङ, पाउद्वार, दोवा, दाना, मुना, खिवाङ, बगर, मल्कवाङ, खोरीयाको जङ्गलमा रातो च्याउ, टुसा र ढकायो प्रशस्त मात्रामा पाइन्छ ।

टुसा, च्याउ र ढकायोको परिकार सहरबाट आउने पाहुना र आफन्तको पहिलो रोजाइमा पर्ने गरेको खोप्रा–खयर पदमार्गमा पर्ने लरेनीका होटल ब्यवसायी लिल पुनले बताउनुभयो । “लेकाली खाद्य बनस्पती च्याउ, टुसा र ढकायोको माय यति छ की जङ्गलबाट ल्याउना साथ खोसाखोस हुन्छ,” उहाँले भन्नुभयो “जाँगर र अक्कल भएकाले जङ्गली च्याउ, टुसा र ढकायो बेचेर आम्दानी पनि गरेका छन् ।”

रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायो कोशेलीको रूपमा लैजाने गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशका ढकायो पठाउने गरेको बताउनुभयो । विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुरेष्टका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रूपमा राखिएको छ ।

दुई हजार ५०० देखि तीन हजार ५०० मिटर उचाइको भूगोलमा पाइने ढकायो, च्याउ र टुसा सङ्कलन गर्ने याम असार महिना हो । बजारमा माग बढेपछि टुसा, च्याउ र ढकायो साग आम्दानीको स्रोत बनेको मालिका गाउँपालिका–३ की शान्ति नेपालीले बताउनुभयो । गाउँमा सडक सुविधा भएपछि लेकको ताजा तरकारी सहजै बजारमा पुग्न थालेको उहाँले बताउनुभयो । रासस