१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको छ’



अ+ अ-

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

लमजुङ बेँसीसहर नगरपालिका–८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरुप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने बताउनुभयो ।

सरकारप्रति गुनासो नआउने गरी सरकार अघि बढिरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखहरुले कस्ता काम गरेका छन् भनेर जनताले मूल्याङ्कन गरिरहेका छन् ।” सरकारले गर्ने कामका आधारमा जनमत बढ्ने र घट्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी बलियो बनाउन पार्टीका नेता तथा कार्यकर्ताले जतिसुकै खटिए पनि जनप्रतिनिधिले राम्रो काम गरेमा मात्र पार्टीप्रति जनता आकर्षित हुने उहाँको भनाइ छ ।

“हामी फेरि २०४८ तिरकै कार्यशैलीमा फर्कनुपर्छ । त्यतिबेलाकै आचरणमा फर्कनुपर्छ । आचरणमा सुधार हुनुपर्छ । हामी नैतिकवान, इमान्दार, शासकीय सुधारमा क्षमतावान बन्न सकेमा मात्र हाम्रो साथमा जनता हुनेछन् । हामी जनतामाझ हुनेछौँ”, उहाँले भन्नुभयो । रासस