१२ श्रावण २०८३, मंगलवार
,
Latest
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन मेला सुरु



eQmk’/, ^ c;f/= M eQmk’/ pBf]u jfl0fHo ;+3sf] cfof]hgfdf cfhb]lv eQmk’/sf] sdnljgfosdf ;’? ePsf] tLglbg] eQmk’/ cf}Bf]lus k|j4{g Jofkf/ d]nfsf] pb3f6g ub}{ jfudtL k|b]z ;efsf ;b:o ;’/]Gb|/fh uf];fO{ . tl:j/ M /d]z lu/L, /f;;
अ+ अ-

भक्तपुर। भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ ।

भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु-याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, विभिन्न जातका बिरुवाहरु, खाद्यान्नको प्रदर्शनी गरिएको सङ्घका महासचिव नवीन प्रजापतिले जानकारी दिनुभयो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेला करिब ५५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो ।

स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकला, मूर्ति बनाउने कार्य प्रत्यक्ष प्रदर्शनी हुने उहाँको भनाइ छ । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।

मेलामा भक्तपुर, काभ्रे र काठमाडौँका उद्यमीहरुको ४५ वटा स्टल रहेको र रु एक करोडसम्म बिमा व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो मेलाको उद्घाटन आज बागमती प्रदेशसभा सदस्यसुरेन्द्रराज गोसाईंले गर्नुभयो ।