१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलोत्तमामा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु



अ+ अ-

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमसन अस्पतालले आजदेखि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सेवा सुरु गरेको छ ।

अस्पतालमा आमा तथा नवजात शिशु कार्यक्रमसँगै अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया कक्षको आज नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो ।

नगरप्रमुख खाणले नगर क्षेत्रका हरेक नवजात शिशु स्वस्थ भएर जन्मने गरी सेवा प्रदान गर्न गर्भवती परीक्षण निःशुल्क गरिएको जानकारी गराउनुभयो । उपप्रमुख जागेश्वर देवी चौधरीले अस्पतालमा थपिएका सेवा सुविधाले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्रिमसनलाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउन आवश्यक सेवा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले आमा तथा जवजात शिशु सुरक्षा कार्यक्रमबाट सुत्केरी सेवा र नवजात शिशुको उपचार निःशुल्क हुने उल्लेख गर्दै बिरामीले पाउने गुणस्तर उच्चस्तरको हुने जानकारी दिनुभयो ।

यस अस्पतालमा २४ सै घण्टा आकस्मिक उपचार सेवा, क्याथ ल्याब, आइसियु, एनआइसियु, न्युरो सर्जरी आइसियु, सिसियु, मिर्गाैला डायलासिस, सिटीस्क्यान, सिटिभिएस सर्जनरी (मुटु, छाति, ग्यास्ट्रोलोजी सेवा तथा नशा शल्य चिकित्सा) अत्याधुनिक प्रयोगशाला, इसिजी, डिजिटल एक्सरेलगायतका सेवा उपलब्ध छन् । रासस