२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सूचीबाट हट्नु दुःखद्ः एमाले प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली वमोजिम निर्धारण भएपनि सूचिबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घेल्याई गर्नु दुःखद् भएको बताउनुभएको हो ।

संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पु¥याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूचि हेरफेर गर्नुभएको उहाँको दाबी थियो । उहाँले अध्यागमन प्रणाली र भिजिट भिषा प्रकरणमा प्रमुख प्रतिपक्षी दलसँग भएको दुई बुँदे सहमतिमा सबै कुरा समेटिएको दावी गर्दै अब रास्वपाले मागेको के हो भन्दै प्रश्न गर्नुभयो । संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा भएपनि उनीहरुसँग हुने समझदारी मुख्य विषय हुने भन्दै रास्वपा संसदीय प्रणालीमा आएपनि पद्धति र संस्कारमा अभ्यस्त हुन नसकेको बर्तौलाको आरोप थियो ।

उहाँले भन्नुभयो, ‘संसदको अबरोध राष्ट्रिय स्वतन्त्र पार्टीले कायम राखिराखेको छ । संसदको नियमित कार्यबाही अगाडि बढ्छ । उहाँहरुले के बुझ्नुपर्छ भने विपक्षी दलसँग दुई बुँदे सहमति जे भयो त्यही भित्रबाट समस्याको समाधान हुन्छ । हामीले प्रष्ट भनेका छौं दुई बुँदे सहमति तपाईहरुले एकपटक राम्रोसँग अध्ययन गर्नुभयो भने अध्यागमन प्रणालीमा र भिजिट भिषा प्रकरणमासमेत वृहद अध्ययन गर्ने, त्यसको छानविन गरि त्यो क्षेत्रको प्रशासनिक, संरचनागत, कानुनी र नीतिगत सुधारका लागि सरकारले काम गर्नेछ भनेर लिखतमा पनि भन्यो, प्रतिबद्धतापनि व्यक्त ग¥यो । र, एक महिनाभित्र त्यस वमोजिम उपयुक्त संरचना बनाउँछु भनेर गृहमन्त्रीले संसदबाट बोलिसकेपछि यो भन्दा बढी रास्वपाले मागेको के हो ? विपक्षी दलसँग भएको सम्झौता, सहमति र परामर्श वमोजिम नै सदन अगाडि बढ्नुपर्छ प्रमुख प्रतिपक्षी दल अहिले सदन चलाउन र नियमित काम कारबाहीको प्रक्रियामा सहज ढंगले उपस्थित भएको छ ।’

‘संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा हो, उसँगको समझदारी नै मुख्य विषय हो । र सबै दल विशेष वा सबै व्यक्ति विशेषसँगको सहमति, सम्झौताको रेस्पोन्स भन्नेकुरा संसदीय व्यवस्थामा कम हुन्छ । तर, उहाँहरुले उठाएको मुद्दा सरकारले सुन्छ कि सुन्दैन भन्दा सुन्नेमात्र होइन कार्यान्वयन गर्न तयार छ । जब कार्यान्वयन गर्ने कुरा भनिसक्यो त्यसपछि पनि रास्वपा जुन ढंगबाट विरोधमा लागिरहेको छ र प्रधानमन्त्रीको आजको प्रश्नोत्तर कार्यक्रम भनेको नियमावली बमोजिम निर्धारण भएको विषय हो । यसमा आज उहाँले बोल्न पाउनुभएन, अवरोध सिर्जना भयो, अबरोधकाबीचमा प्रधानमन्त्रीलाई रोष्ट्रममा पु¥याएर नाराबाजी गराउने कुरा त्यो संसदमा शोभनीय देखिएन भन्ने लाग्यो सभामुखलाई उहाँले कार्यसूची हेरफेर गरिदिनुभो । अर्थात आज सूचीबाट हटाउनुभयो अब चाहेर पनि सदनमा प्रधानमन्त्रीलाई यही प्रयोजनका लागि बोलाउन सक्दैनौं । जब नियमावलीमै व्यवस्था भएको विषयमा समेत यस विषयमा अर्घेल्याई गरेर रास्वपाले जे व्यवहार प्रदर्शन ग¥यो यो दुःखद् छ । उहाँहरु संसदीय प्रणालीमा आएपनि तर पद्धति र संस्कारलाई आपूmलाई अभ्यस्त गराउने कुरा गर्न सक्नुभएको छैन । उहाँहरु बाहिर स्टण्ट गरिरहनुभएको छ ।’

उहाँले रास्वपाले उठाएको मुद्दा सुन्छ कि सुन्दैन भनिरहनुभन्दा सरकारले सुन्नेमात्र हैन कार्यान्वयन गर्नसमेत तयार रहेको दाबी गर्नुभयो ।