६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजित बजेट सत्ताधारीमैत्री भएको काँग्रेस सांसद गिरीको आरोप



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट सत्ताधारीमैत्री भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले बजेट विकासमैत्री, लगानीमैत्री नभएर सरकारमैत्री भएको आरोप लगाउनुभएको हो ।

उहाँले झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा चरिगाउँ विमानस्थललाई बेवास्ता गरेको दाबी गर्नुभयो । उहाँले बजेटले दंगाली जनता र त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति विश्वासघात गरेको आरोप लगाउनु भयो । प्रधानमन्त्रीले समेत पटक पटक संसदमा चरिगाउँ विमानस्थल बन्छ भनेर भनिरहेको अवस्थामा ७० देखि ९० करोडको अनुमान गरिएको जग्गा अधिकरणका लागि एक करोड विनियोजन गरेर जनप्रतिनिधिलाई नंग्याउन खोजेको बताउनु भयो । उहाँले किरियापुत्री भवन बनाउन तीन करोड बजेट छुट्याउने सरकारले जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई १ करोड बजेट छुट्याइनु हास्यास्पद र जनप्रतिनिधिलाई नंग्याउन खोजिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बडो खुशीका साथ कुरा राखौंला भन्ने २०८२/८३ मा आशा थियो । यहाँ केही मन्त्रालयको विनियोजन शिर्षकमा छलफल गर्दा बडो गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो । यो बजेटले नेपाली जनतालाई पनि देखेन । न त यो विकासमैत्री भयो, न लगानी मैत्री भयो न त सरकारपछि सांसदमैत्री भयो । यो केबल भयो सत्ताधारीमैत्री, जो जो मन्त्रीजीहरु हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ त्यही मैत्री भयो । बडो कटुताकासाथ भन्नुपर्छ – जसरी मैले भने कि यो न सांसदमैत्री भयो, न जनतामैत्री भयो, न विकासमैत्री भयो । मलाई झापाकी सांसदले भन्नुभयो, पर्यटन क्षेत्रका लागि । १२ वटा विकासका बजेट जो तीन तीन करोडमा आधारित थियो त्यो बजेट झापाको एउटै क्षेत्रमा छ त्यो म पढेर सुनाउँछु । ११ वटा एउटै क्षेत्रमा धिमाल जातीय होमस्टे प्रबद्र्धन तथा संरक्षण निर्माण । अर्को निर्माण छ, किरियापुत्री भवन दमक, समाज सुधार प्रतिष्ठान झापा, आदिवासी संग्रहालय गौरादह झापा, पार्क निर्माण गौरादह झापा यो सबै झापै झापा त्यो पनि एउटै क्षेत्रमा । सभामुख महोदयलाई पनि माया गरेका रहेछन् २५ लाखको एउटा छ । यो सरकार पक्षीय सांसद बोल्नु परिरहेको छ । संसारलाई एकपल्ट फर्किएर हेरौं त आज एक्काइसौं शताब्दीमा मुलुक कहाँ गएको छ ? हामी कहाँ धरापमा परिरहेका छौं । हामीले लोकतन्त्र ल्याउँदा, गणतन्त्र ल्याउँदा काराबासको कुरा छाडिदिउँ । यहाँ बसेका के नेकपा एमाले, के कांग्रेस, के माओवादी बसेका थियौं । कोही लाञ्छना लगाएर यहाँ बस्नुभएको थियो बस्न सक्नुभएन । गाह्रो छ बढो आन्दोलन भन्नुहुन्थ्यो, बढो कठिन छ । मैले देखिरहेको थिएँ कोही अमेरिका, कोही कहाँ, कोही कहाँ यहाँ बस्नुभो नारा लगाएको जस्तो गर्नुभयो दुई दिनपनि टिक्नुभएन ।’

‘कठिन कष्ट गरेर ल्याएको यो लोकतन्त्र र गणतन्त्र थियो । तर, यसमा बजेट दिँदा कतिवटा क्षेत्र थियो १६५ त हो । मैले पटक पटक यहाँ सम्बोधन गर्दा भनेको थिएँ । हामीलाई धेरै ठूलो इच्छा आकांक्षा पनि होइन हाम्रो इज्जत राखिदिनुस्, हाम्रो साख बचाइदिनुस् । यही ठाउँमा केही प्रश्नहरु गर्दा कहिले काहिँ भन्न मन लाग्छ चरिगाउँ एयरपोर्ट, बडो चर्चाको विषय भयो संसदभित्र । यहीँबाट प्रधानमन्त्रीले पनि चरिगाउँ एयरपोर्ट बन्छ भन्नुभयो, मैले पनि तालि बजाए । तर, यो रातो किताबमा चरिगाउँ एयरपोर्टलाई जग्गा अधिकरणका लागि करिब ७० देखि ९० करोड लाग्छ अहिले केही गर्नुस् भने । मलाई आशा लागेको थियो, विश्वास थियो त्यो क्रान्तिकारी केपी ओलीसँग, मलाई विश्वास थियो विष्णु पौडेलसँग र मलाई विश्वास थियो युवा नेता बद्री पाण्डे मन्त्रीसँग । त्यही विश्वासका आधारमा मैले दंगाली जनतालाई भनेको थिए चरिगाउँ एयरपोर्ट बन्छ भनेर । अब मैले उहाँहरुलाई अभिनन्दन गरुँ, माला पहिराउँ अथवा के बोलुँ । चरिगाउँ जग्गा अधिकरणका लागि एक करोड यो हास्यास्पद हो कि ? जनताको प्रतिनिधिलाई नंग्याउन खोजेको हो कि ? के हो यो ?’

उहाँले अर्थमन्त्रीले सभामुख महोदयलाई पनि माया गरेर २५ लाखको एउटा आयोजना दिएको भन्दै व्यंग्य गर्नुभएको यिथयो ।