९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि



अ+ अ-

कैलाली । नगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ७ जना, डोटीका २५, बैतडीका दुई र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको छ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।