१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग



अ+ अ-

रामपुर, (पाल्पा) । कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो ।

विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिनुभयो । “पुस्तकालय स्थापनामा मद्दत पुर्‍याउन पुस्तक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो । पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो । रासस