९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याउन थालियो

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याउन थालियो
अ अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो । योजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हँुदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग सडकमा ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले रु दुई–दुई लाख विनियोजन गरेको योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको थियो ।

सडकलाई सम्याउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रका विकल्पमा दुई इन्च बाक्लो कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भइरहेको बेनी नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालले बताउनुभयो । उहाँका अनुसार चालु आवको बजेटबाट गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ एक सय छ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याइनेछ । त्रिपन्न घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

मुक्तिनाथ र मुस्ताङ जावतजावत गर्ने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले सुरू गरिएको सौन्दर्यकरणको योजनालाई आगामी आवमा पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष र अन्य सङ्घसंस्थासँग साझेदारी गरेर निरन्तरता दिने वडाध्यक्ष केसीले बताउनुभयो ।

गलेश्वर बजारभित्रका सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको डिजाइन गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । रासस