९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताउनुभयो । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो ।