४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकमा राजनीति गर्न खोज्नु खेदजनकः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेश भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वर्तौलाले समितिले चारदिन अघि सदमा पेश गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्वपूर्ण विधेयकहरु समयसीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्तापक्ष र विपक्षी दलहरुबीचमा घमासान भइरहोस् र नियमित विधेयकमा छलफल चलाएर फेरि पनि सभामुख र सरकारले जबरजस्ती ग¥यो भनेर टिप्पणी गर्न चाहिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले चार दिनअघि सदनमा प्रतिवेदन ल्याएको छ । यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालझेल, यसमा कुनै आशंका कसैले पाल्नुपर्ने र जालझेल षड्यन्त्र छ भन्नुपर्ने अवस्था छैन । सरकारले किन राख्नुप¥यो । सरकारको आफ्नो विधेयक जति भन्दा जति छिटो पारित गर्दा  महत्वपूर्ण विधेयक पारित भयो भन्ने महत्वपूर्ण विषय हो । यसतर्फ राजनीति गर्न खोज्नु भयो त्यो राम्रो भएन । संसदको न्यूनतम अभ्यास जे छ, विधेयकहरु कसरी आउँछ ? कसरी छलफलमा जान्छ ? कसरी निष्कर्षमा पुग्छ ? विभागीय मन्त्री अगाडी नआउँदा विधेयक अगाडि जान्छ कि जाँदैन । म यति कुरा भन्न चाहन्छु, चार दिन अगाडि संसदमा प्रतिवेदन आएको छ । हामी सबैले अध्ययन गरेका छौं । असार १५ गते अगाडि नै विभागीय मन्त्रीसँग संसद सचिवालयले समन्वय गर्छ र उपयुक्त दिनमा त्यो पारित हुन्छ । अर्को चाहना के हो भने यसमा प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुले बुझ्नुपर्छ ।

अहिले रास्वपाले संसदमा विरोध गरिरहनुभएको छ । विरोधका बाबजूद पनि संविधान वमोजिम विनियोजन विधेयक रोक्न सक्दैनौं । संविधान वमोजिमको काम गर्न सहमति भएपनि रोक्न मिल्दैन । यही विधेयकमा काम गरेका राजनीतिक दलहरुले विरोध राख्दै गर्दा यसलाई अगाडि बढाउने कि नबढाउने भन्ने कुरा रह्यो । त्यसकारण दुइ चार दिनपछि विरोधका कार्यक्रमहरु अवतरित हुने अवस्था बन्छ र उहाँहरु स्वयंले पनि यो विधेयकमा गरेको मिहिनेत सरकारले गरेका पहलकदमीमा धन्यवाद दिनुहुन्छ ।

हामी त्यही कुरा प्रतिक्षा गरिरहेका छौं । तर, प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्ता पक्ष र अरु विपक्षी दलहरुका बीचमा पनि निकै ठूलो घमासान भैरहोस् हरेक विषयमा । भित्र नियमित विधेयकमा पनि छलफल चलाएर फेरि पनि जबरजस्ती ग¥यो सभामुखले, सरकारले भनेर टिप्पणी गर्न पाइयोस भनेर प्रमुख प्रतिपक्षले चाहिरहेको हो कि भन्ने आशंका छ । त्यतातर्फ हामीलाई रुची छैन । यो विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने ठाउँमा छौं र यसलाई प्रभावकारी समन्वय गरिरहेका छौं ।’

प्रतिपक्षको चाहनाप्रति रुची नभएको भन्दै प्रमुख सचेतक बर्तौलाले विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पार्नुभयो ।