९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

विधेयकमा राजनीति गर्न खोज्नु खेदजनकः प्रमुख सचेतक बर्तौला

विधेयकमा राजनीति गर्न खोज्नु खेदजनकः प्रमुख सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेश भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वर्तौलाले समितिले चारदिन अघि सदमा पेश गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्वपूर्ण विधेयकहरु समयसीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्तापक्ष र विपक्षी दलहरुबीचमा घमासान भइरहोस् र नियमित विधेयकमा छलफल चलाएर फेरि पनि सभामुख र सरकारले जबरजस्ती ग¥यो भनेर टिप्पणी गर्न चाहिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले चार दिनअघि सदनमा प्रतिवेदन ल्याएको छ । यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालझेल, यसमा कुनै आशंका कसैले पाल्नुपर्ने र जालझेल षड्यन्त्र छ भन्नुपर्ने अवस्था छैन । सरकारले किन राख्नुप¥यो । सरकारको आफ्नो विधेयक जति भन्दा जति छिटो पारित गर्दा  महत्वपूर्ण विधेयक पारित भयो भन्ने महत्वपूर्ण विषय हो । यसतर्फ राजनीति गर्न खोज्नु भयो त्यो राम्रो भएन । संसदको न्यूनतम अभ्यास जे छ, विधेयकहरु कसरी आउँछ ? कसरी छलफलमा जान्छ ? कसरी निष्कर्षमा पुग्छ ? विभागीय मन्त्री अगाडी नआउँदा विधेयक अगाडि जान्छ कि जाँदैन । म यति कुरा भन्न चाहन्छु, चार दिन अगाडि संसदमा प्रतिवेदन आएको छ । हामी सबैले अध्ययन गरेका छौं । असार १५ गते अगाडि नै विभागीय मन्त्रीसँग संसद सचिवालयले समन्वय गर्छ र उपयुक्त दिनमा त्यो पारित हुन्छ । अर्को चाहना के हो भने यसमा प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुले बुझ्नुपर्छ ।

अहिले रास्वपाले संसदमा विरोध गरिरहनुभएको छ । विरोधका बाबजूद पनि संविधान वमोजिम विनियोजन विधेयक रोक्न सक्दैनौं । संविधान वमोजिमको काम गर्न सहमति भएपनि रोक्न मिल्दैन । यही विधेयकमा काम गरेका राजनीतिक दलहरुले विरोध राख्दै गर्दा यसलाई अगाडि बढाउने कि नबढाउने भन्ने कुरा रह्यो । त्यसकारण दुइ चार दिनपछि विरोधका कार्यक्रमहरु अवतरित हुने अवस्था बन्छ र उहाँहरु स्वयंले पनि यो विधेयकमा गरेको मिहिनेत सरकारले गरेका पहलकदमीमा धन्यवाद दिनुहुन्छ ।

हामी त्यही कुरा प्रतिक्षा गरिरहेका छौं । तर, प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्ता पक्ष र अरु विपक्षी दलहरुका बीचमा पनि निकै ठूलो घमासान भैरहोस् हरेक विषयमा । भित्र नियमित विधेयकमा पनि छलफल चलाएर फेरि पनि जबरजस्ती ग¥यो सभामुखले, सरकारले भनेर टिप्पणी गर्न पाइयोस भनेर प्रमुख प्रतिपक्षले चाहिरहेको हो कि भन्ने आशंका छ । त्यतातर्फ हामीलाई रुची छैन । यो विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने ठाउँमा छौं र यसलाई प्रभावकारी समन्वय गरिरहेका छौं ।’

प्रतिपक्षको चाहनाप्रति रुची नभएको भन्दै प्रमुख सचेतक बर्तौलाले विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पार्नुभयो ।