३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मितेरी सहकारी ठगी प्रकरणः भण्डारीविरुद्ध ७ दिन म्याद थप



अ+ अ-

काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।

कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।

सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न उनीमाथि पहिलो पटकमा सात दिनको म्याद थप भएको हो ।

दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनको नाममा कास्की र बर्दियाबाट दुई फरक–फरक नागरिकता र राहदानी लिएको पाइएको छ ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो ।

यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।