२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एमाले) की संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल र इरानबिच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको बताउनु भयो ।

उहाँले सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताउनुभयो । उहाँले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, “इजरायल र इरानको द्वन्द्वमा हाम्रा नेपाली मजदुरहरू, इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा मैले समाचार सुने, केही पहलकदमी पनि लिएको छ, चासो देखाएको छ ।  श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक बसेको छ । तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको छ । म जोड दिएर भन्न चाहन्छु, नेपाल सरकारले नेपालीहरूको सुरक्षामा ध्यान देओस् । आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस्, त्यहाँ रहनेहरूको लागि सुरक्षाको व्यवस्था होस् भन्ने कुरामा म जोड दिन चाहन्छु ।” 

उहाँले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पूँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराउनु भयो ।