७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषधसहित एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्रकउ पर्नेमा महोत्तरी एकडारा ०२ घर भई हाल काठमाडौँ अजिमा हल बस्ने २० वर्षीया मनिषा ठाकुर रहेकी छन् ।

मनिषाको कोठामा लागु औषध वेचविखन भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट उद्धब सिंह भाटको कमाण्डमा खटीई गएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीबाट ट्रमाडोल २,१५० पत्ता, ७८० पिस एम्पुल, दुई मोबाईल फोन थान र दुई लाख पच्चिस हजार आठ सय बरामद गरिएको छ ।

उनीमाथि लागू औषध सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।