१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै निर्णयबाट पछि हटे बालेन, पुरानै जिम्मेवारीमा फर्काए चार समितिका संयोजकलाई



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन् ।

केही समयअघि उनले चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।

१ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।

तर, गैरकानुनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै उनीहरुले विरोध गरेका थिए ।

उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, कांग्रेसबाट निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा कांग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए ।

नयाँ तोकिएको समिति संयोजकमा रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठबाहेक कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रजापति र कार्की तथा एमालेबाट निर्वाचित राजभण्डारीले भने बालेनले दिएको समिति संयोजकको जिम्मेवारी स्वीकार गरेनन् ।

पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरूले बालेनमाथि निरन्तर दबाब दिइरहेका छन् ।