९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश भएको छ ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दफावार छलफल गरी भएको सहमतिअनुरुप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै सभापति खतिवडाले विधेयकलाई समृद्ध बनाउन औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारी, राष्ट्र सेवक, संघीय संसद र सचिवालय बधाइको पात्र भएको बताउनु भयो ।

कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहुन् र नेपाली बाहेकले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मकासाथ विधेयक ल्याइएको सभापति खतिवडाको भनाई थियो । उहाँले विधेयकमा आमाको नामबाट नागरिकता नपाउने परम्पराको अन्त्य गर्दै आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको २०८१ चैत १८ गते बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय भए बमोजिम सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा, २०८१ चैत १९ गते प्राप्त भएको थियो । नेपाल नागरिकता दोस्रो संशोधन विधेयकमाथि दफावार छलफल गर्ने क्रममा २०८२ जेठ २१ गतेको समितिको बैठकमा नेपाल सरकारको तर्फबाट उक्त विधेयक ल्याउनुको कारण, उद्देश्य र औचित्यमाथि गृहमन्त्रीज्यूसँग विस्तृत जानकारी लिएको थियो ।

नागरिकता मुलुकको राष्ट्रियतासँग गासिएको विषय हो । यो अति नै महत्वपूर्ण र संवेदनशील विषय भएकोले विधेयकमा सबै नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा संवेदनशील भएर विधेयकमाथि हामीले छलफल प्रारम्भ ग¥यौं । यसैक्रममा गैर आवासीय नेपाली संघ र पूर्व गोर्खा सैनिकका पदाधिकारीसँग पनि हामीले छलफल ग¥यौं । माननीय गृहमन्त्रीले गैर आवासीय नेपाली र पूर्व गोर्खा सैनिकका विषयमा सरकारले परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता समितिमा जानकारी गराउनुभएको थियो ।

नागरिकतासम्बन्धी विधेयक आफैंमा संवेदनशील राजनीतिक विषय भएका कारणले हाम्रो धारणा कोही पनि नेपाली नागरिकता प्राप्तिबाट बञ्चित हुन नपरोस् भन्ने थियो र गैर नेपालीले नेपालको नागरिकता लिन नपाओस् भन्ने थियो त्यसलाई हामीले सम्बोधन गर्ने प्रयास गरेर छलफल अगाडि बढाएका थियौं । कानुन निर्माण गर्ने कार्य आफैंमा सजिलो नभएतापनि समितिमा प्राप्त संशोधनलाई संविधानको मर्म र भावनाअनुरुप हामीले न्यायोचित ढंगले विधेयकमा समावेश गर्नसक्ने कार्य निरन्तर समितिमा खटिएर वैठकमा उपलब्ध सदस्यहरुबाट समितिको बैठकमा उपस्थित भै आफ्ना संशोधन विषयमा प्रस्तुत गर्नुभएको संशोधनकर्ता माननीयहरुले गरेको योगदानप्रति आभार व्यक्त गर्न चाहन्छौं ।

समितिको छलफलमा सक्रिय सहभागिता जनाइ दिनुभएकोमा, सुझावलाई सकारात्मक सन्देशका रुपमा लिनुभएकोमा, सुझावमा सकारात्मक सन्देशका रुपमा लिनुभएकोमा माननीय गृहमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छौं । विधेयकलाई समृद्ध र औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने मन्त्रालयका कर्मचारी, राष्ट्र सेवकहरु, कर्मचारीहरु, संघीय संसद र सचिवालयका सबै कर्मचारीहरु बधाइका पात्र हुनुहुन्छ । कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहुन् र नेपाली बाहेकका मान्छेले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मका साथ यो विधेयक ल्याइएको छ । साथसाथै आमाको नामबाट नागरिकता नपाउने परम्परालाई अन्त्य गर्नका लागि आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेका छौं ।’ 

उहाँले गैर आवासीय नेपाली संघ र पूर्वगोरखा सैनिकका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता गृहमन्त्रीले समितिमा गर्नुभएको जानकारी दिनुभयो ।