७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
(FILES) People participate in a rally in support of Myanmar's State Counsellor Aung San Suu Kyi as she prepares to defend Myanmar at the International Court of Justice in The Hague against accusations of genocide against Rohingya Muslims, in Yangon on December 10, 2019. Myanmar's deposed democratic leader Aung San Suu Kyi was set to mark her 80th birthday in junta detention on June 19, 2025, serving a raft of sentences set to last the rest of her life. (Photo by AFP)
अ+ अ-

एजेन्सी । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ ।

सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुनुहुन्थ्यो र सैन्य शासनबाट खुल्दै गर्दा उहाँ वास्तविक नेत्री बन्नुभएको थियो ।

तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उहाँ भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइनुभयो र २७ वर्षको सजाय भोगिरहनुभएको छ ।

“यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ”, बेलायतका उहाँका ४७ वर्षीय छोरा किम एरिसले भन्नुभयो, “यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।”

उहाँले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर (५० माइल) दौडिरहनुभएको छ र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू सङ्कलन गर्नुभएको छ ।

तर सुकीले ती देख्न पाउनु हुनेछैन । उहाँ म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा हुनुहुन्छ जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।

एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताउनुभयो ।

“उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो । उहाँले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गर्नुभयो ।

के तपाईं अझै याद गर्नुहुन्छ ?

सैन्य नियन्त्रणमा रहेका म्यान्माका भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उहाँको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएको छ ।

केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्वीर समातेका थिए ।

“के तपाईं अझै यो महान् व्यक्तिलाई याद गर्नुहुन्छ रु”, भिडियोमा एक प्रदर्शनकारीले सोधे ।

सुकी बहुसङ्ख्यक बौद्ध देशमा निकै लोकप्रिय हुनुहुन्छ, तर उहाँले रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतीकका रूपमा उहाँको स्थिति ध्वस्त भएको थियो ।

म्यान्माको सेनाको लामो प्रभावको विरुद्धमा उहाँ शक्तिहीन रहेको तर्क गरे तापनि लाखौँ रोहिङ्ग्यालाई उहाँको शासनअन्तर्गत छिमेकी बङ्गलादेशमा भाग्न पठाइयो ।

तैपनि एकपटक सुकीलाई पुरस्कारहरूको वर्षा गर्ने संस्थाहरू र व्यक्तित्वहरूले तुरुन्तै आफूलाई टाढा राखे र उहाँको दोस्रो कारावासले धेरै कम अन्तर्राष्ट्रिय ध्यान पाएको छ ।

बन्द भएको जन्मदिन

म्यान्माको स्वतन्त्रता नायक आङ सानकी छोरी सुकी लगभग संयोगवश लोकतन्त्रकी च्याम्पियन बन्नुभयो ।

आफ्नो युवावस्थाको धेरै समय विदेशमा बिताएपछि उहाँ सन् १९८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किनुभयो तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको नेतृत्व गर्न थाल्नुभयो ।

उहाँ १५ वर्षसम्म बन्द हुनुहुन्थ्यो, जसमध्ये अधिकांश समय उहाँको परिवारको याङ्गुन लेकसाइड हवेलीमा थियो । त्यहाँ उहाँले अझै पनि सीमा पर्खालमाथि भाषणका लागि भीड आकर्षित गर्नुहुन्थ्यो ।

सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उहाँको शान्त अस्वीकारले उहाँलाई स्पटलाइटमा ल्यायो र उहाँलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिलायो ।

सुकी सन् २०१० मा रिहा हुनुभयो र सन् २०१५ मा उहाँको नेसनल लिग फर डेमोक्रेसी पार्टीको चुनावी विजयमा नेतृत्व गर्नुभयो । सेनाद्वारा बनाइएको नियमहरूका कारण उहाँ कहिले पनि औपचारिक रूपमा राष्ट्रपति पदमा आउन सक्नुभएन ।

यदि यी अस्सी वर्षीया आफ्नो वर्तमान कारावासबाट रिहा हुनुभयो भने, एरिसले उहाँ सम्भवतः म्यान्माको राजनीतिमा ‘अग्रङ्ंक्तिको स्थिति’ बाट पछाडि हट्नुहुने भविष्यवाणी गर्नुभयो ।

सेनाले यस वर्षको अन्त्यमा नयाँ चुनावको वाचा गरेको छ, तर सुकीको अहिंसक दृष्टिकोणका पूर्व अनुयायीहरू मिलेर बनेका धेरै समूहले तिनलाई बहिष्कार गर्ने तयारी गरेका छन् ।