३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाका पीडितलाई उक्साएको आरोप लागेपछि रास्वपा नेतृ सुमना श्रेष्ठ आक्रोसित



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणका पीडितलाई उक्साएको आरोपसहित भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उहाँ रुष्ट हुनुभएको छ । सांसद श्रेष्ठले आफूविरुद्ध सुनियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको आरोप लगाउनुभएको हो ।

श्रेष्ठले हिजो एक विज्ञप्ति जारी गर्दै आफूले कसैलाई अख्तियारमा उजुरी दिन निर्देशन नदिएको दाबी गर्नुभएको छ । आफूमाथि लागेको आरोप पूर्णत: गलत र भ्रामक भएको उहाँको दाबी छ ।

सार्वजनिक भिडिओमा सांसद श्रेष्ठले ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको, उजुरीको निवेदन लेखिदिएको र त्यसमा गृहमन्त्री रमेश लेखकको समेत नाम उल्लेख गर्न लगाएको आरोप लगाइएको थियो ।

“मेरो निर्देशनमा यस्तो काम भयो भन्ने अफवाहप्रति खेदप्रकटसहित खण्डन गर्दछु । यो मेरो चरित्रहत्या गर्न गरिएको सुनियोजित प्रयास हो,” उहाँले भन्नुभएको छ ।

“जनप्रतिनिधिको हैसियतले जनताको गुनासो सुन्नु मेरो कर्तव्य हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “मैले उहाँहरूको समस्या सुनेर कानुनी उपचारतर्फ जान सुझाव दिएलगत्तै संसद भवनतर्फ लागेकी थिएँ ।”

उहाँले व्यक्तिले व्यक्तिलाई ठगी गरेको मुद्दा अख्तियारको क्षेत्राधिकारमा नपर्ने र यस्तो सुझाव दिनु पीडितलाई थप पीडा दिनुसरह हुने तर्क गर्नुभएको छ । “असम्बन्धित निकायमा उजुरी गर्दा पीडित पुन: पीडित हुन्छन् र पैसा फिर्ता पाउने प्रक्रियामा कुनै प्रगति हुँदैन । यस्तो सुझावले उल्टै पीडितलाई थकाउने काम मात्र हुन्छ,” उहाँले भन्नुभएको छ ।

सांसद श्रेष्ठले यस्तो गलत कार्य रास्वपाको कार्यालयमा भएको हो भने त्यसबारे छानबिन हुनुपर्ने समेत बताउनुभएको छ । यस विषयमा पार्टीका कार्यवाहक सभापतिलाई ध्यानाकर्षण गराइसकेको र पार्टीले सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको उहाँको भनाइ छ ।