५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै भन्यो : इजरायल र इरान भ्रमण नगर्नू



अ+ अ-

काठमाडौं । इरान र इजरायलबीच युद्ध चर्किएपछि नेपाल सरकारले यी दुई देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रको भ्रमण, ट्रान्जिट वा कामको लागि जाने तयारी गरिरहेकालाई हालको संवेदनशील अवस्थालाई ध्यानमा राखी योजना स्थगित गर्न आग्रह गरेको हो ।

परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ ।’

यसैगरी मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हाल इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरेको छ । आवश्यक भएमा त्यहाँबाट निस्कनसमेत मन्त्रालयले भनेको छ ।

विशेषगरी इजरायल र इरानमा कार्यरत वा अध्यनरत नेपाली नागरिकलाई निर्धारित समय बाहेक बाहिर ननिस्कन, दूतावास राजदूतावासको सम्पर्कमा रहन र नियमित रुपमा सार्वजनिक सूचना तथा सल्लाहहरू अनुगमन गर्न भनिएको छ ।

मन्त्रालयले यसबाहेक इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूले हालको अवस्था ध्यानमा राखेर यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिएको छ ।