१६ भाद्र २०८३, मंगलवार
,
Latest
उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैनः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको प्रस्ट पारेको छ ।

सांसद सुमना श्रेष्ठको निर्देशनमा ‘नक्कली उजुरी दिन लगाएको’ समाचारको ध्यानाकर्षण गराउँदै रास्वपाले प्रस्टीकरण दिएको हो ।

‘हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दैछौं । यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेका छौं । हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन ।’ रास्वपाले भनेको छ ।

‘रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ। सासंद श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ ।’ रास्वपाले प्रस्ट पारेको छ ।

साथै, जेठ १४ गते ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही भए प्रमाणसहित सम्पर्कमा आउनु’ भन्दै आह्वान गरेपछि २ हजारभन्दा धेरै पीडित सम्पर्कमा आएको पनि रास्वपाले जनाएको छ ।

रास्वपाको विज्ञप्ती यसप्रकार छः

भिजिट भिसाको दुरुपयोग मार्फत् मानव तस्करी जस्तो सङ्गठित अपराध विकराल समस्या हो।

यसको समाधानको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सङ्गठन र समाज मार्फत् यो समस्याको निराकरण र संलग्नहरूलाई कानुनी कारवाहीको लागि माग राखेको सबैलाई जानकारी नै छ।

यही क्रममा गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले “भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाणसहित सम्पर्कमा आउनुस्” भनेर आव्हान गरेर अभियान चलाएका थियौं। त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो।

त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोग लगायतमा उजुरी दिन सुझाएका हौं। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।

“रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको” भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ। “सासंद श्रेष्ठले निर्देशन दिएको” भनेर आएको समाचार गलत छ। यस प्रकारको व्यवहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन। तथापि, पार्टीमा आबद्ध कोही व्यक्ति भए नभएकोबारे सत्य तथ्य पत्ता लगाउन केन्द्रीय सदस्य एवं सांसद प्रा. डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा एक समिति बनाइएकाे छ । यस समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमीरे र पूर्व एसएसपी लव बिष्ट सदस्य रहनुभएको छ।

साथै, हामीले पटक पटक भनेकै छौं। हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दैछौं। यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेका छौं। हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन।